उपत्यकामा राति ८ बजेपछि मात्र टिपर चलाउन पाइने

उपत्यकामा राति ८ बजेपछि मात्र टिपर चलाउन पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा बेलुका ८ बजेपछि मात्र टिपर चलाउन पाइने भएको छ । काठमाडौं उपत्यका प्रवेश गर्न टिपरलाई बेलुका ८ बजेअघि पूर्ण रुपमा निषेध गरिएको नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले टिपरलाई सडकमा पानी चुहाएर बालुवा ढुवानी गर्न र सडकमा पार्किङ गरी अन्य सवारी आवागमनमा अवरोध ल्याए कानूनअनुसार कारवाही हुने पनि उल्लेख गरेको छ ।

लोड गरिएका टिपर अरु सवारीलाई बाधा पर्ने गरी सडकमा पार्किङ गर्न नपाउने र बालुवा ढुवानी गर्ने टिपर पानी नचुहिने भएपछि मात्र सडकमा चलाउन पाइने सुचनामा उल्लेख छ ।