काभ्रे कांग्रेस सभापतिमा देउवा पक्षका तीर्थ लामा विजयी

काभ्रे कांग्रेस सभापतिमा देउवा पक्षका तीर्थ लामा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गरेका हुन् ।

लामाले १६ सय ४६ र पौडेलले सात सय ७० मत पाएका थिए । २४ सय ६८ मत खसेको थियो । ५२ मत बदर भएको थियो । काभ्रेमा एउटा पदबाहेक सबै लामा प्यानलकै उम्मेदवार विजयी भएको छ ।