मेयर भट्टराई भोलि बिहानदेखि आमरण अनसन बस्ने

मेयर भट्टराई भोलि बिहानदेखि आमरण अनसन बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका नगर प्रमुख (मेयर) तीर्थराज भट्टराई भोलि बुधबारदेखि काठमाण्डुको माइतीघरमा अनिश्चित आमरण अनसन बस्ने भएका छन्‌ ।

बुधबार बिहान ९ बजेदेखि भट्टराई आमरण अनसनमा बस्ने भएका नगरपालिकाले जनाएको छ ।

बाँदर लगायत अन्य वन्यजन्तुबाट खाद्यान्न उत्पादनमा पुगेको क्षति, विश्वव्यापी जलवायु परिवर्तन, पर्यावरणीय संकट तथा बाँस र गाँजा लगायतका वनस्पतिको बिल्डिङ कोड र नम्स तयार गर्दै स्थानीय स्रोतसाधनको समुचित उपयोगसँग सम्बन्धित ७ बुँदे मागसहित उनले असार ९ गते बसेको नगर सभाको नीति तथा कार्यक्रमबाट सत्याग्रह घोषणा गरेका हुन् ।

उनी साउन १३ गतेसम्म माइतीघरमा शान्तिपूर्ण सत्याग्रह बसेकोमा सरकारले माग सम्बोधन गर्न कुनै चासो र पहल नगरेकाले अनिश्चितकालीन आमरण अनसन घोषणा गरेका पालिकाका कार्यबाहक नगर प्रमुख विसन राईले जनाएका छन् ।