युवालाई विकास र समृद्धिमा लगाउनु पर्छ : विश्वकर्मा मन्त्री

युवालाई विकास र समृद्धिमा लगाउनु पर्छ : विश्वकर्मा मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंँ– युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मुलुकको विकास र समृद्धिमा युवालाई परिचालन गर्न सरकारले तयारी गरेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद्, नेपालले सोमबार आयोजना गरेको ‘राष्ट्रिय युवा नीति, युथभिजन र युवा परिषद्का कार्यक्रमका बारेमा स्थानीय तहका पदाधिकारीसँगको’ अन्तक्र्रियामा उनले राष्ट्रका लागि चाहिने युवा विदेश पलायन भइरहेकाले तिनलाई रोकी समृद्धि र विकासमा लगाउने बताएका हुन् ।

‘‘देश अब विकास र समृद्धिको बाटोमा लागेको छ’’ उनले भने ‘‘दैनिक सयांै दक्ष युवा जनशक्ति विदेश पलायन भइरहेकाले तिनलाई रोकी राष्ट्रको हितमा लगाउनु पर्दछ ।’’ उनले युवालाई स्थानीय तहमा नै स्वरोजगार बनाउने योजना रहेको बताए ।

मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकास लागि केन्द्रमा अत्याधुनिक रंगशाला, सातवटै प्रदेशमा रंगशाला बनाउन तयारी समेत गरेको छ । स्थानीय तहले पनि वडास्तरमा खेलमैदान बनाउनुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवालाई आत्मनिर्भर बनाउनका लागि परिषद्लाई स्थानीय तहसम्म विस्तार गरिने बताए । उनले सातवटै प्रदेशमा युवा सिर्जनशील केन्द्र स्थापना गरी युवामा भएको सीप र क्षमतालाई सदुपयोग गरिने बताए ।

युवालाई युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रेमप्रसाद दंगालले युवालाई स्वरोजगार बनाउका लागि प्रादेशिकस्तरमा कोषको संरचना बनाएर स्थानीय तहसम्म पुग्ने प्रयास भइरहेको जानकारी गराए । रासस