‘चुरोट उद्योगको सहयोग स्वीकार गर्नु हुँदैन’

‘चुरोट उद्योगको सहयोग स्वीकार गर्नु हुँदैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु : वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा.भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको काठमाण्डु इस्टिच्युट अफ चाइल्ड हेल्थ (बाल अस्पताल) लाई सुर्य नेपालले गर्न लागेको आर्थीक सहयोगका विषयमा सुर्तिजन्य पदार्थ विरुद्धको अभियान चलाइरहेका संस्थाहरुले आपत्ति जनाएका छन् ।

आज  संयुक्तपत्रकार सम्मेलन गरि संस्थाहरुले सुर्य नेपालले दिन लागेको सहयोग कानुन सम्मत नभएको जनाएका छन् । सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा १० ले सुर्तिजन्य उद्योगले कुनैपनि प्रकारको विज्ञापन तथा प्रयोजन गर्न नपाउने व्यवस्था छ ।

सोही ऐन बमोजिम जारी भएको नियमावली २०६८ को नियम २३ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ जारी गरैको थियो ।

उक्त निर्देशिकाको परिच्छेद ३ को दफा २० को उपदफा ६ मा सार्वजनिक निकायका पदाधिकारीले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने लगाएतका कुनै गतिविधि वा कार्यक्रममा सुर्ति उद्योगहरुको सहयोग सहभागिता र सहकार्यलाई स्विकार गर्नु हुदैन भन्ने उल्लेख छ ।

साथै सोही परिच्छेदको दफा २२ मा संस्थागत सामाजिक वा निजी क्षेत्रबाट संचालित शिक्षण संस्था, मदरसा, नाट्यशााला धार्मीक प्रवचन, सत्संग, स्वाथ्य संस्था आदिलाई आर्थिक , प्राविधिक, भौतिक , संरचनागत तथा अन्य कुनै प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउने छैन भन्ने स्पष्ट कानुनी व्यवस्था छ ।

तर, तमाम कानुनी प्रावधान विपरित वरिष्ठ मुटुरोग विशेषज्ञ डा.कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालले नेपालको सबैभन्दा ठुलो चुरोट उद्योग सुर्य नेपालले सामाजिक उत्तरदायित्वको नाममा दिन लागेको ५ करोड रुपैया स्विकार गर्न खोज्नु दुखद भएको जनाएका छन् । साथै उनिहरुले डा. कोइरालालाई तत्कार सहयोग अव्किार गर्न समेत अपिल गरेका छन् ।

एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सुर्तिजन्य पदार्थको विरुद्धमा लाग्ने समाजको रोलमोडलले नै चुरोट उद्योगले दिन लागेको सहयोग विकार गर्नुले दुखी बनाएको बताए । यस्तै पत्रकार सम्मेलनमा प्राथमिक स्वाथ्य सेवा स्रोत केन्द्रका शान्तलाल मुल्मीले डा.कोइरालालाई प्रलोभनमा पारेर चुरोट उद्योगले प्रचार गर्न खोजेको बताए । सथै कानुन विपरित हुन लागेको सहयोगको विरुद्धमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

डाक्टर कोइरालाको नेतृत्वमा बन्नलागेको अस्पताल र सूर्य नेपाल विच आज सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको खवर पाएसंगै सुर्तिजन्य पदार्थको विरुद्धमा अभियान संचालन गरिरहेका संस्थाहरुले विरोध गरेका छन् ।

यसरी अस्पतालले सहयोग लिदा उद्योगहरुलाई प्रोत्साहन मिल्ने उनिहरुको तर्क छ । नेपालमा बर्षेनी २६ हजार भन्दा बढी मानिसहरुको सुर्तिजन्य पदार्थ सेवनका कारण ज्यान जाने गरेको तथ्याङ छ ।