काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज (बुधबार)कोरोना भाइरस संक्रमण पुष्टि भएका युवा घादिङका रहेको जानकारी दिएका छन् । मन्त्री ढकालले आज पत्रकार सम्मेलन गर्दै चैत्र ६ गते कतारबाट आएका ती युवा धादिङको रहेको बताएका हुन् ।
कतारबाट आएका उनी होटलमा बसेका थिए । तर मंगलबार उनलाई ज्वरो आएपछि टेकु अस्पताल पुगेका थिए । अस्पतालले नमूना परीक्षण गर्न पठाएकोमा हिजो राति १२ बजे नतिजा पोजेटिभ आएको थियो । मन्त्री ढकालले उनीसँगै होटलमा रहेका सबै सम्भावितहरूको सरकारले खोजी गर्ने र क्वारेन्टाइनमा राखेर परीक्षण गरिने बताए ।
योसँगै नेपालमा कोरोना तीन जनामा कोरोना संक्रमण देखिएको छ । साथै सरकारले कोरोना भाइरस नियनत्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने भएको छ । मन्त्री ढकालले सरकारले कोरोना विरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण चीनबाट ल्याउने तयारी गरेको बताए ।
त्यसरी ल्याइएका स्वाथ्य उपकरण तथा साधनहरु प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाउने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । सो उपकरण सम्बन्धित ठाउँमा पठाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिनेगरी समिति गठन गरिएको छ ।




प्रतिक्रिया