काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पाँच हजार ९४ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै काठमाण्डु उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाण्डुमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् । पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । आइतबारसम्म सक्रिय संक्रमित संख्या ६,२९० पुगेको छ । अहिलेससम्म ३,५६५ जना बालबालिका संक्रमित भएका छन् ।




प्रतिक्रिया