आज तपाईंको दिन कस्तो रहला ? यसो भन्छ राशिफल

आज तपाईंको दिन कस्तो रहला ? यसो भन्छ राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं. २०७७ साल चैत ०६ गते । शुक्रबार । इस्वी सन् २०२१ मार्च १९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ११ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दमदार बोलीको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्य आम्दानी गर्न सकिने समय रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने समय रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)  व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापन सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरपरिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) सुन्दर तथा विलासी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)  राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) पढाइलेखाइमा मन जानेछ भने बैङ्किङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तिको योगलाई नकार्न सकिँदैन ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पतिपत्नी तथा माया प्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपाईंको नाम आउनेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी गर्न सकिनेछ भने लामो दूरीको व्यावसायिक यात्रा हुनेछ । पढाइलेखाइमा मन जाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईं अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पढाइलेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दूरीको शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको गाँठो कसिलो भएर जानेछ ।