काठमाण्डु – वि.सं.२०७७ साल चैत्र २९ गते । आईतबार । ईश्वी सन् २०२१ अप्रिल ११ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २५ मिनेटमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानी जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मनोबल मजबुत हुने हुनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिविधिमा सम्लग्न भई अगाडी बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी रमाउने योग रहेकोछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन अध्यापनमा समय दिए अनुशार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझाबलाई मनन गर्दै अगाडी बढ्दा गन्तब्य पहिल्याउन सहज हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) थोरै स्रोत साधन प्रयोग गरी असिमित आवश्यकताहरुलाई पूरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउन चाहानेहरुका लागी दिनले साथ दिने हुँदा मीठा मीठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगती हुने तथा नतिजा तपाइँ आफ्नै पोल्टोमा पर्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । पति पत्नी बीच मनमुटाव बढ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने योग रहेकोछ ।




प्रतिक्रिया