बुधबार तपाईँको दिन कस्तो रहनेछ ? यसो भन्छ भाग्यफल

बुधबार तपाईँको दिन कस्तो रहनेछ ? यसो भन्छ भाग्यफल


काठमाण्डु –  विसं. २०७७ साल माघ २१ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०३ तारिख । नेपाल संवत् ११४१ ।  काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य सम्बन्धि समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । न्यायिक निर्णयहरु तपाईंको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यवसायमा सामान्य चहलपल हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने योग रहेको छ । मन परेको मानिसबाट उपहार प्राप्तीको योग रहेको छ । मध्यान्हबाट व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा वंश वृद्धिको गतिलो योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जाँगर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैंतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ । विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन लोभ्याउन सकिनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  मायाप्रेमको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फाईदा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपाईं आफ्नै पक्षमा पार्न सक्नुहुनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । साथीभाइ तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।