काठमाण्डु – विसं २०७८ साल वैशाख २९ गते बुधबार । इस्वी सन् २०२१ मे १२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पढाइलेखाइमा कमजोर भएको महसुस हुनेछ, भने नतिजा अरूतिर नै जानेछ । खानपानमा विशेष ध्यान दिनुहोला, खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पदप्रतिष्ठा पाउने योग छ । पढाइलेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग छ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) माया प्रेममा एकअर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाढता बढेर जानेछ । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग छ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) लगनशील तथा इमानदारिताले समाजका मानसम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना छ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । प्रेममा सामीप्यता बढेर जाने ग्रहयोग छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम छ ।
वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम छ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीचको सम्बन्धमा थप विश्वास थपिनेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यसम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइलेखाइमा अरूलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय छ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) बिभिन्न अवसर आए पनि समयको गतिसँग अगाडि बढ्न नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग छ । सभा समारोहमा तयारीबिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ, ध्यान दिनुहोला ।




प्रतिक्रिया