सोमबार कुन राशिका लागि कति शुभ ?

सोमबार कुन राशिका लागि कति शुभ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं २०७८ साल जेठ ०३ गते सोमबार । इस्वी सन् २०२१ मे १७ तारिख । नेपाल संवत् ११४१ ।  काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्य आम्दानी बढाउन सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) विद्यामा सफलता पाउन कडा मिहिनेत गर्नुपर्नेछ । दाजुभाइ तथा छिमेकीसँग मनमुटाव बढ्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिए पनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) पढाइलेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ । मायाप्रेममा विश्वासको वातावरण बढेर जानेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिन्छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने दिदीबहिनीहरूको सहयोग पाइने हुँदा काम समयमा नै सम्पन्न गर्न सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)  स्वास्थ्य सबल हुने हुँदा परिणामुखी काम गरी समाजमा नाम कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) मौसम तथा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । गोप्य कुरा बाहिर आउने अधिक सम्भावना रहेको छ । धन सम्पत्ति तथा अचल सम्पत्ति हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) पढाइ लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ । बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)  दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विद्यामा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) मायाप्रेममा अविश्वास बढ्नेछ भने पतिपत्नीबीच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यवसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महसुस हुनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।

कुम्भ –(गु, गे, गो, सा, सी, सु, से, सो, दा)  बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्त्वपूर्ण कामहरू फत्ते गर्न सकिनेछ । प्रेम प्रसङ्गमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुशी हुनेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) वादविवाद तथा मुद्दा, मामिलामा सहभागी नहुनुहोला, नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महसुस हुनेछ ।