बुधबार कस्ताे रहला तपाईँको दिन ?

बुधबार कस्ताे रहला तपाईँको दिन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं २०७८ साल जेठ ०५ गते बुधबार । इस्वी सन् २०२१ मे १९ तारिख । नेपाल संवत् ११४१ काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १६ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लू, ले, लो, अ) माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) तपाईंले सुरु गर्नुभएको काममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मीयता बढ्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे)  माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरपरिवारका सदस्यबीच घनिष्टता बढेर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) माया प्रेममा तीक्तता आउने तथा दाम्पत्य जीवनमा एकअर्कालाई शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्राेसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला, काम बिग्रन सक्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) दैनिक उपभोग्य बस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) पढाइलखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । मध्यान्हबाट मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि आफ्नै साथीहरुबाट आलोचना खप्नुपर्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । विदेशमा बसेर काम गर्नेहरुका लागि मध्यान्हबाट समय फलदायी रहनेछ । तर पनि स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)  मध्यान्हबाट व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल प्राप्त नहुँदा आर्थिक रूपमा कमजोर भएको महसुस हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन जानेछ भने नतिजा हात पार्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) आकस्मिक धन तथा सम्पत्ति लाभ हुने समय रहेको छ । सेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धनसम्पत्ति कमाउन सकिनेछ ।