शुक्रबार कुन राशिका लागि कति शुभ ? हेर्नुस् भाग्यफल

शुक्रबार कुन राशिका लागि कति शुभ ? हेर्नुस् भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं २०७८ साल जेठ ०७ गते शुक्रबार । इस्वी सन् २०२१ मे २१ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)  प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  विद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दूरीको यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नु पर्ने हुन सक्छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । साँझपख समय राम्रो रहेकाले राजनीति तथा सामाजिक काममा राम्रा काम गर्न सकिने हुनाले पद प्राप्तिको योग रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न हुनेछ । प्रेममा सफलता तथा सामीप्यता बढ्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) माया प्रेममा आत्मीयता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)  अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित काम समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवासम्बन्धित काम समयमा नै सम्पन्न हुनेहुँदा मन प्रसन्न रहनेछन् ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । घरपरिवार तथा चेली माइतीबीच सामान्य कुरामा राय बाजिनेछ । साँझपख दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) पढाइलेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ । बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) प्रतिस्पर्धीहरू हावी हुनेछन् । अदालती निर्णयहरू तपार्ईंको पक्षमा नआउने हुनाले मानसिक तनाव बढ्नेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । तर पनि दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)  आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । साझपख कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केही मात्रमा लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ ।