काठमाण्डु – विसं २०७८ साल जेठ ११ गते मङ्गलबार । इस्वी सन् २०२१ मे २५ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनीसँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।
बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) मायाप्रेमका कोपिला फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । पदीय दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपाईंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् ।
कर्कट (ही, ही, हे, हो, डा, डी, डु, डे, डो) प्रशासन तथा सेवा सम्बन्धित काम समयमा नै सम्पन्न हुनेहुँदा मन प्रशन्न रहनेछन् । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछ भने शत्रु परास्त हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । आफूलाई मन पर्ने भौतिक सम्पत्ति जोड्न पाउँदा मन हर्षित हुनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछिपरेको भान हुनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछिपर्नु हुनेछ । सामान्य छातीसम्बन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) पढाइलेखाइमा राम्रै प्रगति भएर जानेछ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरूभन्दा एक कदम अगाडि बढी सफलता हात पार्न सकिनेछ । आफूले सोचेका तथा चाहेका वस्तुहरूको प्रयोग गर्न पाउँदा मन प्रफुल्लित हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सुु, से, सो, दा) साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा सुधार हुने तथा प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । मायाप्रेमको डोरो कसिलो भएर जानेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) मायाप्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ ।




प्रतिक्रिया