काठमाण्डु – विसं २०७८ साल जेठ १२ गते बुधबार । इस्वी सन् २०२१ मे २६ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धि अरूकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेको छ । आफ्नो धन सम्पत्तिमा अरूले नै अधिकार जमान खोज्नेछन् ध्यान दिनुहोला ।
बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) प्रेमको ठोरो कसिनुको साथै घरपरिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) मायाप्रेममा नजिक हुन खोजे पनि अर्काको भावना नबुझ्दा मनमुटाव बढ्नेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो योग छ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) मुद्दा मामिला तथा प्रतिस्पर्धामा तपाईंको पक्षमा निर्णय नआउँदा मानसिक तनाव बढ्नेछ । विद्यामा गरिएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भए पनि अन्ततः एकअर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिने हुनाले एकअर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा काम गर्न सकिनेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) पढ्नेलेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घरजग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) हरेक क्षेत्रमा अवसरवादी हाबी हुनाले कामहरू समयमा सम्पन्न हुँदैनन् । पढाइलेखाइमा एकरूपमा नहुँदा अरूभन्दा पछिपरिनेछ । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना छ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) माया प्रेममा एकअर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ । पढाइलेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) राज्यबाट अनावश्यकझँै झमेला भोग्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरूले तपाईंको काम समयमा नगर्दिनाले महत्त्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरू साँघुरा भएर जानेछन् ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) समय मध्यम रहेकाले कुनै व्यापार व्यवसायमा लगानी गर्नका लागि केही दिन कुर्नु होला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरू अन्तिम निष्कर्षमा नपुगी बीचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला ।




प्रतिक्रिया