काठमाण्डु – विसं २०७८ साल जेठ १६ गते आइतबार । इस्वी सन् २०२१ मे ३० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घरपरिवार तथा चेली माइतीबीच सामान्य कुरामा राय बाझिनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) अदालती तथा न्यालयबाट हुने न्यायिक निर्णय तपाईंकै पक्षमा हुनेछन् । दाजुभाइ तथा आफन्तको सहयोगल राम्रा काम गर्न सकिनेछ । मायाप्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) व्यापार व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईंदेखि टाढिन सक्छन् । तर पनि वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीले हरेक पाइलामा समर्थन पाइने योग रहेको छ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग पाइने छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) सामान्य स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) छोटो तथा रमाइलो यात्राको सम्भावना भए पनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) आफन्त तथा कुटुम्बको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) सामाजिक कामहरू समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामीप्यता बढ्नेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) प्रतिस्पर्धीहरू परास्त हुनेछन् । अध्ययनमा विजय हुने योग रहेको छ भने अन्य साथीहरूलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले पद पाउने समय रहेको छ ।




प्रतिक्रिया