सोमबार कुन राशिका लागि कति शुभ ? हेर्नुस् भाग्यफल

सोमबार कुन राशिका लागि कति शुभ ? हेर्नुस् भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं २०७८ साल जेठ २४ गते सोमबार । इस्वी सन् २०२१ जुन ०७ तारिख । नेपाल संवत् ११४१ काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षमता प्रयोग गरी वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग हर क्षेत्रमा रहने योग छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) आफन्त, साथीभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) पढाइलेखाइमा मन नजाने हुनाले नतिजा अरूकै पोल्टोमा जानेछ । मायाप्रेमका कोपिलाहरू फक्रन नपाउने हुनाले मन दुःखी हुनेछ । अरूकै पछि लागेर हिँड्नाले उपलब्धि नहुने तथा आफ्ना काम थाँती रहनेछन् ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानीले कामहरू बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शून्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानी जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ, ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि आफ्नै साथीबाट आलोचना खप्नु पर्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  पढाइलेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेको छ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एकअर्काबीच अविश्वास बढ्ने योग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) मायाप्रेम तथा पतिपत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)याप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईंको काममा सहयोग हुने छैन ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)  पढाइलेखाइमा नसोचेको सफलता हात लाग्नेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तिको गतिलो योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)  विद्यार्थी वर्गहरूले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पढाइलेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईंले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । विलासी वस्तुहरूको प्रयोग गर्न पाइने तथा सानो प्रयत्नले भौतिक वस्तुहरू लाभ हुनेछन् ।