बिहीबार तपाईंको दिन कस्ताे रहनेछ ? यसो भन्छ भाग्यफल

बिहीबार तपाईंको दिन कस्ताे रहनेछ ? यसो भन्छ भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  वि.सं. २०७७ साल फागुन ०६ गते । बिहीबार । इस्वी सन् २०२१ फेब्रुअरी १८ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५५ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यवसायबाट मनग्य धन सम्पत्ति कमाउन सकिने हुँदा आवश्यकतहरु परिपूर्ति हुनेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)  शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईंदेखि टाढिन सक्छन् ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धिभएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेको छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  नयाँ काम पाउने तथा नोकरी बढोत्तरीको गतिलो योग रहेको छ । लगनशील तथा इमानदारिताले समाजका मानसम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)  राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुविधा पाप्त गर्न सक्नेछन् । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धित कामहरुबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला ।  आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेको छ । जीवन साथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) नोकरीमा बढुवा हुने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुशी रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  सेयर बजार तथा सट्टाको व्यावसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको उपयोगमार्फत मनग्ने धन सङ्ग्रह गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) घर, परिवार तथा सामाजिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले मन प्रसन्न रहनेछ । पढाइलेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साइड लाग्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आँट आउनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने साथीभाइले नै धोका दिन सक्छन् । स्थायी सम्पत्तिमा विवाद आउनेछ ।