काठमाण्डु – वि.सं.२०७८ साल साउन १४ गते । बिहीबार । ईश्वी सन् २०२१ जुलाई २९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय ०५ बजेर २६ मिनेट,सूर्यास्त १०९ बजेर ५४ मिनेटमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिने समय रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा एक अर्कालाई बुझ्दै अगाडी बढ्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नभए पनि घाटा लाग्ने छैन ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीतिकर्मिले सर्वसाधारणका काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुशी पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ भने नसोचेको सम्पती हात लागी हुनेछ । स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउने भएपनि काम गर्न असहज हुन छैन ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन जानेछ भने बैकिङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभुति हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउदै अगाडी बढ्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेकोछ भने आफन्तसँग नै मनमुटाब बढ्नेछ । नोकरी तथा कार्यक्षेत्रमा सहकर्मीबाट नै आलोचना हुन सक्छ काम गर्दा ध्यान दिनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेममा सामिप्यता वढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् ।




प्रतिक्रिया