बुधबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् भाग्यफल

बुधबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७८ साल साउन २७ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट ११ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछाडि परेको भान हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बचन पुरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरू तपार्ईँदेखि टाढिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरू हुनेछन् भने पछि पश्चाताप हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पत्ति जुट्नुको साथै विलासी जीवन व्यतीत गर्न सकिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरू हुनेछन् भने पछि पश्चाताप हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रचनात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । साँझपख विदेश यात्राको गतिलो सम्भावना रहेको भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  प्रेममा सामीप्य बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरू सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेम तथा पतिपत्नी विच केही विषयमा मनमुटाब बढ्नेछ । पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय भनेजस्तो आम्दानी नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेको ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसाय फस्टाएर जानेछ भने छोटो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भए पनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ ।