आइतबार कुन राशिका लागि कति शुभ ?

आइतबार कुन राशिका लागि कति शुभ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७८ साल भदौ १३ गते । आइतबार  ईश्वी सन् २०२१ अगष्ट २९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २७ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा घर परिवारका सदस्यहरूको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महसुस हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाढिनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आट आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना समस्या तथा विवादित विषयहरूलाई केही समय दिएर सकाउन सकिनेछ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला कष्टकर पनि हुन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरू मिलेर गरिने कुनै पनि व्यापार व्यवसाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आउने अवसरलाई सही रूपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा प्रशस्त समय दिए मात्र आम्दानी बढाउन सकिनेछ भने नयाँ काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला ।