काठमाण्डु – वि.सं.२०७८ साल भदौ २४ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेटमा।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ ।प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लीन सकिनेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सुन्दर तथा विलासी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) हतार गर्ने बानिले अनावश्यक विवादमा फस्ने योग रहेको छ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ ।काममा बिराेधीहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पारिवारिक सम्बन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्य बढेर जानेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरू हुनेछन् भने पछि पश्चात्ताप हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काममा अनायासै हस्तक्षेप गर्नेहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।यात्रा गर्दा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीले हरेक पाइलामा समर्थन पाइने योग रहेको छ ।




प्रतिक्रिया