सोमबार कुन राशिका लागि कति शुभ ?

सोमबार कुन राशिका लागि कति शुभ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २७ मंसिर सोमबार । १३ डिसेम्बर ।सूर्योदय बिहान ६ः४७ मिनेटमा हुनेछ भने सूर्यास्त ५ बजेर ८ मिनेटमा । बिहान ८ः०५ देखि ९ः३३ सम्म राहुकाल रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन त्यति अनुकुल छैन । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । तर, परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । पारिवारिक समस्याका कारण आयभन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्नुहोला । आजको दिन तपाईँहका लागि शुभ दिन मानिन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) तपाईँको आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापारमा तपाईँले सोचेभन्दा बढी फाइदा हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । आजको दिन कसैसँग विवाद र झगडा नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्र र परिवारको साथ पाउने योग छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो) आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ । बालक र बृद्ध मानिसलाई केही खानेकुरा र उपहार दिनुहोला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) तपाईँले आजको दिन सुरु गरेका काम सफल हुनेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईँको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) तपाईँले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आजको दिन आर्थिक बृद्धि हुने सम्भावना छ । मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) आजको दिन तपाईँले गरेका कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । आजको दिन तपाईँका लागि निकै शुभ दिन छ ।