आज तपाईँको दिन कस्तो रहला ? यसो भन्छ राशिफल

आज तपाईँको दिन कस्तो रहला ? यसो भन्छ राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  वि.सं. २०७७ साल फागुन १७ गते । सोमबार । इस्वी सन् २०२१ मार्च ०१ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ३० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेटमा ।

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)  अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुँदै जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो  हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)  माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धनसम्पत्ति हातलागी हुने योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ, ध्यान दिनुहोला ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  मायाप्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) राजनीति तथा समाज सेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपानाउनु होला ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) व्यापार व्यावसायमा प्रशस्त समय दिए मात्र आम्दानी बढाउन सकिनेछ भने नयाँ काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा नजिक भए पनि आत्मियताको कमी महसुस हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ ।  प्रेम प्रसङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) माया प्रेममा सामीप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) माया प्रेममा सामीप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)  विशेषगरी चेली माइतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाइलेखाइमा समय दिन नसक्दा गृहकार्यह थाँती रहनेछ । माया–प्रेममा धोका हुनेछ भने पतिपत्नी बीच मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ ।