काठमाण्डु – २९ मंसिर बुधबार, १५ डिसेम्बर ।आज सूर्योदय बिहान ६ः बजेर ४८ मिनेटमा हुनेछ भने सूर्यास्त ५ बजेर ९ मिनेटमा हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन तपाईँले सोचेअनुसार प्रतिफल प्राप्त हुनेछ । तपाईँले गर्नुभएको कामको सम्मान हुनेछ । जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईँका लागि आजको दिन त्यति अनुकुल देखिदैन । मानसिक चिन्ता, असन्तुष्टि रहन सक्छ । यात्राका लागि अवसर आउनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : धनप्राप्ति हुनेछ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । आज नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईँको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजय प्राप्तिको खुसी छाउने छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । मित्रमण्डलीबाट प्राप्त सहयोगले तपाईको काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार र कामबाट तपाईँलाई सफलता मिल्नेछ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मनमा निराशा छाउनसक्छ । चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनेछ । आजको दिन विवाद हुने काम नगर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ । तपाईँको समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहले समेत तपाईँको कार्यप्रशसा गर्ने छन् ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले ब्यापारको कामबाट लाभ हुनसक्छ । अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ ।
मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईँका लागि उत्तम हो । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार, लेखन, र तपाईँले विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईँलाई लाभ हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन समय त्यति अनुकुल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : व्यापारमा काम गर्नुहुने मीन राशिका जातका लागि दिन उत्तम छ । अध्ययन अनुसन्धानको काममा मन जानेछ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ ।




प्रतिक्रिया