बिहीबार तपाईंकाे राशिफल कस्ताे रहला ?

बिहीबार तपाईंकाे राशिफल कस्ताे रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २० मा३ २०७८, बिहीबार । तद्नुसार ३ फेब्रुवरी २०२२ । माघशुक्लपक्ष द्धितीया, तैतिल करण, परिध योग,शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज बिहान ६ः५१ मा सूर्योदय भएकाे छ भने १७ः४५ मा सूर्यास्त हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकले सामाजिक सेवामा काम गर्दै आउनुभएको छ भने तपाईलाई मानसम्मान मिल्नेछ । तपाईको स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट सम्मान प्राप्त हुने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आज आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आज यात्रा गर्नुपर्ने हुनसक्छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । तपाईको कामबाट सफलता प्राप्त हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । आजको दिन परिवारको सदस्यहरुबीच सम्बन्ध प्रगाढ हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य डगर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक खरिद र लेखनका काम गर्नसक्नुहुन्छ ।