काठमाण्डु – अाज २३ माघ २०७८ आइतबार । तदनुसार ६ फेब्रुवरी २०२२ । आज विद्याकी देवी सरस्वतीको आरधना गर्ने दिन हो ।आइतबार भएकाले सूर्यनारायणको दर्शन गरेर दिनको शुरुवात गर्नु उत्तम मानिन्छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) स्वास्थ्यमा समस्या हुनसक्छ विचार पुर्याउनु होला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आकस्मिक संकट आउनसक्ने छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) तपाइको आज अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट अचानक आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) तपाईको आज धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । विहान सूर्यनारायणको दर्शन गरेर आज गरेका तमाम कार्य सफलता हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । आफन्तजनको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) ब्यापार ब्यबसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) विहानैं सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । चन्द्रमाको साथ रहेको छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन निकै महत्वपूर्ण दिन हो ।




प्रतिक्रिया