आजको मौसम : कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

आजको मौसम : कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।

हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गालको खाडीको मध्य-पश्चिम क्षेत्र र आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ’ नामक शक्तिशाली आँधीको समेत आंशिक प्रभाव रहेको छ ।

अहिले कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहने छ । विभागले देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सबैमा आग्रह गरेको छ ।