चक्रवातसँगै दुई वायुकाे असर, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

चक्रवातसँगै दुई वायुकाे असर, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । माैसम पूर्वानुमान महाशाका अनुसार स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातकाे असर रहेकाे छ ।

जसकारण दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

राति पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएकाे छ । बिहीबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १ र बागमती प्रदेश केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बताएकाे छ ।