यस्तो रहनेछ आजको मौसम पूर्वानुमान

यस्तो रहनेछ आजको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । अहिले बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली भए पनि मुलुकका बाँकी भूभागहरूमा दिउँसोको मौसम सामान्यतया सफा रहने जनाएकाे छ । मंगलबार राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ। महाशाखाले सोमबारदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको घोषणा गरेको थियो।