काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको माैसम पूर्वानुमान गरेकाे छ । मुलुकका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमानले जनाएकाे छ ।
यस्तै पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
राति पनि देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।




प्रतिक्रिया