काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने छ।
अपरान्ह पश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
यसैगरि राति देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।




प्रतिक्रिया