आजको मौसम: यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ। । आज देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोसी र मधेस प्रदेशमा विहानैबाट वर्षा भइरहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम बिहान सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ जनाएको छ । कोसी, मधेस, वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।