यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।