काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण देशभरकाे माैसममा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ।
दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ। यस्तै राति गण्डकी, बागमती प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी, बागमती प्रदेश र प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमालि भूभागमा हल्का हिमपात हुन सक्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।




प्रतिक्रिया