काठमाण्डु – जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैस्म पूर्वानुमान गरेकाे छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केही भागमा सामान्य बदली रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हिमपात र देशभरको तापक्रम गिरावट हुने क्रममा रहेकाले यसको असरबाट बच्च आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।




प्रतिक्रिया