कोसी,वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

कोसी,वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज बिहान कोसी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।