कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम आंशिकदेखि सामान्य बदली भइ अरु क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका क्षेत्रमा आंशिक बदली रहनेछ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहनेछ ।