आजको मौसम :तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

आजको मौसम :तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो केही कम भएपनि आगामी २४ घण्टाको अवधिमा तराईका अधिकांश भू-भागहरुमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ।