आजको मौसम पूर्वानुमान: मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान: मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेकाले देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।  दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेने छ ।

गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।