शुक्रबारकाे माैसम पुर्वानुमान : कतै हावाहुरी,कतै वर्षाको सम्भावना


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पुर्वानुमान गरेकाे छ ।

देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने पश्चिमी वायु,स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकाे छ ।

अहिले कोशी,बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement