आजको मौसम पूर्वानुमान : चट्याङसहित वर्षाको सम्भावना


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बिहानको मौसमको अवस्था भने सामान्य नै रहेको पूर्वानुमानमा उल्लेख छ । देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको छ ।

यसैगरी, दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागहरुका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ । भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज रातिको मौसमको अवस्था पनि थोरै स्थानबाहेक देशका धेरै भूभागमा सामान्य नै रहने पूर्वानुमानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement