आजको मौसम :यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम :यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाण्डु – जल तथा माैसम पुर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । भारत विहारमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालका केही क्षेत्रमा वर्षा हुने जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ।

नेपालमा पनि स्थानीय र पश्‍चिमी वायुको आंशिक प्रभाव रहेकाे छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भेगका केही तथा तराईका १-२ स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, वागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।