पश्चिमी वायुकाे प्रभाव :मेघ गर्जनसहित वर्षाको सम्भावना

पश्चिमी वायुकाे प्रभाव :मेघ गर्जनसहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशमा पश्चिमी वायुकाे प्रभाव रहेकाले मौसम आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प हावाको प्रभाव रहेकाले देशभर बदली भएको हो ।

अहिले प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रहेको । देशका अरु क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश २ र प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भएको छ। दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली हुनेछ ।

प्रदेश २, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन्। पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै राति पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ ।