मंगलबार देशभरको मौसम कस्तो रहन्छ ?

मंगलबार देशभरको मौसम कस्तो रहन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान गरेको छ । नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रको मौसम आंशिक बदली भइ अन्य क्षेत्रमा सामान्यतया सफा रहने छ।

पहाडी भू–भागमा अहले आशिंक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपाको संभावना छ।

यसैगरि प्रदेश ७ र अन्य पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपाको संभावना रहेकाे छ।

यसैबिच प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपाको संभावना रहनुका  साथै तराईका क्षेत्रमा हुस्सु–कुहिरो लागेकाे छ ।