कस्तो रहला बुधबारको मौसम पूर्वानुमान

कस्तो रहला बुधबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव रहेकाले देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको भइरहेको हो । अहिले सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ का केही भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

दिउँसो प्रदेश १, प्रदेश २ लगायत अन्य पहाडी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।