काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । यास चक्रवातको प्रभावले देशका अधिकांश भागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र देशका अन्य भू–भागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश एक–दुई स्थानहरुमा हल्का वर्षा भएको छ ।
दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकी प्रदेशमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का सम्भावना रहेको छ।




प्रतिक्रिया