आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पुर्ण बदली रहि प्रदेश १ र गण्डकी प्रदेशका केही भागहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

दिउँसो लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती बाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरिएकाे छ ।