आजको मौसम पूर्वानुमान :उच्च पहाडी तथा हिमाली भागमा हिमपातको संभावना

आजको मौसम पूर्वानुमान :उच्च पहाडी तथा हिमाली भागमा हिमपातको संभावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी न्यून चापिय रेखाको प्रभावले अहिले नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल सुदूरपश्चिम प्रदेशमा आशिंकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा आशिंक बदली रहेको छ। बिहीबार दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली साथै अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना पनि छ ।

यस्तै राति देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपाको संभावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।